
फागुन १, दैलेख
राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले दलितको अधिकार प्राप्तीका लागि शनिवार दैलेखमा आयोजना गरेको बिरोध सभामा अधिकार प्राप्तिका लागि दलित महिलाहरु दुधेबालक सहित सडकमा आएका छन् ।
विश्वमा धेरै खाले परिवर्तन भैसकेको भए पनि नेपालमा दलितप्रति गरिने व्यावहार अझै परिवर्तन हुन नसकेको भन्दै आफ्ना अधिकारहरु सुनिश्चित गर्न र जातिय विभेद् गर्नेलाई कडा कारवाही हुनुपर्ने लगायतका नाराहरु लगाउँदै उनीहरु सडकमा आएका हुन् ।
विरोधसभा दलित समुदायलाई जागरण गर्ने र अधिकार प्राप्तिका लागि कुनै पार्टीका नभई सम्पूर्ण दलितहरु एक ठाउँमा आएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालका केन्द्रीय संयोजक खगेन्द्र सुनारले बताए ।
उनले राज्यका हरेक निकायमा दलितहरुको उपस्थिति सम्मान जनक हुनु पर्ने, सामाजिक रुपमा हँुदै आएको जातिए विभेदको अन्त्ये हुनुपर्ने र राज्य तथा समाजमा हुने गरेका जातिय विभेद अन्त्यका लागि सरकार लागि पर्नुपर्ने माग राख्दै बिरोध कार्यक्रम गरिएको बताए ।
दलित जागरण अभियान नेपालले जातिय बिभेद लगायतका मागहरु राख्दै गरिएको बिरुद्ध सभा दैलेख बजारको गणेश चोकबाट सुरु भएको ¥याली स्थानीय टुडिखेलमा पुगि सभामा परिणत भएको थियो ।










